उदयपुर – अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन् ।
उदयपुरको बेलका नगरपालिका–४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने एक वटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन् ।
बेलका नगरपालिका–४ शिखर सामुदायिक वन उपभोक्ता वन क्षेत्रबाट एक्स्काभेटर र टिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाएको स्थानीयवासी जितबहादुर राना मगरले बताउनु भयो ।
उहाँका अनुसार ढुंगा लोडसहित भएको टिपर र एक्स्काभेटरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाइएको हो ।
प्रतिक्रिया