काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता सम्झौता एमसीसीविरुद्ध नबोल्न र सामाजिक सञ्जाल मार्फत कुनै पनि गतिविधि वा स्टाटस लेखेको भए मेटाउनू नेता कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।
आज राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्ताहरूमा निर्देशन दिनु भएको हो ।
गत फागुन १५ गते नेकपा माओवादी केन्द्र र समाजवादी समेतको समर्थनमा संसदबाट एमसीसी पास भइसकेको छ। त्यसअघि यी दुई पार्टी कडा विरोधमा उभिएर कार्यकर्ता पनि सडकमा उतारेका थिए।







प्रतिक्रिया