अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कांग्रेसको पात मात्रै हैन, रूख नै सुकिसक्यो, माओवादी अन्योलको पोको’ : केपी ओली

‘कांग्रेसको पात मात्रै हैन, रूख नै सुकिसक्यो, माओवादी अन्योलको पोको’ : केपी ओली


रंगेली– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्व गरेको सरकारले जनतालाई देखाउने गरी कुनै काम गर्न नसकेको बताउनु भएको छ ।

एमाले मोरङले रंगेलीमा आज आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा उहाँले कांग्रेसले नेतृत्व गरेको सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले कांग्रेसको पात मात्रै हैन, रूख नै सुकेको टिप्पणी गर्नुभयो । निर्वाचन आयोगले मतपत्र हरियो रङमा छाप्ने निर्णयको अध्यक्ष ओलीले विरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग कांग्रेसतिर झुक्यो, यो मान्य छैन ।’

अध्यक्ष ओलीले एमाले चोइटिए पनि कुनै असर नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पिलो निचोरिएको जस्तो भएको छ । एमालेमा झन् आकर्षण बढ्दै गएको छ।’

अध्यक्ष ओलीले माओवादी केन्द्र पार्टी नभएर अन्योलको पोको भएको बताउनु भयो । उहाँले माओवादी पार्टी नै नभएकाले नअल्मलिई एमालेमा आउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका थिए।