अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढल्न लागेको रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : अध्यक्ष ओली

ढल्न लागेको रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : अध्यक्ष ओली


रंगेली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाउनु भएको छ ।

मोरङको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भन्नुभयो, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’

अध्यक्ष ओलीले कुनै पनि हालतमा चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ ओलीले भन्नुभयो, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’