काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
आज राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको हो ।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो।







प्रतिक्रिया