अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरुले हान्दा गम्भीर घाइते भएका व्यक्तिको सहयोग उठाएर उपचार सुरु

गोरुले हान्दा गम्भीर घाइते भएका व्यक्तिको सहयोग उठाएर उपचार सुरु


खोटाङ – खोटाङमा गोरुले हान्दा एक गम्भीर घाइते हुनु भएको छ ।

गोरुले हान्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राई गम्भीर घाइते हुनु भएको हो । गोरुले बुधबार बिहान हानेको हो ।

गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् । मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हानेको हो ।

घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पताल दिक्तेलमा इमरजेन्सी अपरेसन गरेर पुर्ववत् अवस्थामा फर्काइएको छ । यद्यपि, उहाँ खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उहाँको बाहिर निस्केको आन्द्रालाई पुर्ववत् अवस्थामा फर्काउन डा. केके राईलगायतको टोलीले अपरेसन गरेका थिए ।

घाइते राई शारीरिक रूपमा अपाङ्ग छन् । उहाँ बोल्न सक्दैनन् भने हिँडडुल गर्दा खुट्टा लरबरिने गर्छ । आर्थिक अवस्था कमजोर भएका घाइतेको उपचारका लागि जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बूलगायतका छिमेकी तथा शुभेच्छुक आर्थिक सहयोग संकलन अभियानमा जुटेका छन् । आफै उपचार खर्च जुटाउन सक्ने आर्थिक अवस्था नभएकाले सहयोग उठाएरै उहाँको उपचार गर्ने तयारी गरिएको नेता खम्बूले बताउनु भयो ।