अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वसन्तपुरमा चीर ठड्याइयो, आजदेखि होली सुरू

वसन्तपुरमा चीर ठड्याइयो, आजदेखि होली सुरू


काठमाडौँ – वसन्तपुरस्थित हनुमान ढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व सुरु भएको छ । हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइएको हो ।

मानन्धर समुदायले आज ७ बजेर २७ मिनेटको शुभ साइतमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याइ एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको छ ।

a;Gtk’/df 78\ofOof] rL/ sf7df8f}+, @^ kmfu’g M sf7df8f}+sf] a;Gt’k’/l:yt xg’dfg9f]sf] blIf0ftkm{ rL/ 78\ofpFb} :yfgLo afl;Gbf . rL/ 78\ofPkl5 b]ze/ kmfu’ cyf{t\ xf]nL kj{ ;’? ePsf] dflgG5 . t:jL/ M k|bLk/fh jGt÷/f;;

चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।

यस वर्ष काठमाडौँलगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ ।