काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । मानन्धरले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास बालकोट पुगेर भेटवार्ता गर्नु भएको छ ।
अभिनेत्री मानन्धर अध्यक्ष ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीलाई लिएर बालकोट पुग्नु भएको हो ।
अभिनेत्री मानन्धरले एमाले अध्यक्ष ओलीसँगको भेटमा पार्टीमा प्रवेशलाई लिएर छलफल भएको बताउनु भयो । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उहाँले बताउनु भयो ।

करिश्माले भन्नुभयो, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, कुनै दिन राजनीतिमा लाग्नै पर्छ, राजनीति भन्दा टाढा कोही पनि बस्न सक्दैनन् ।’
उहाँले यसै सन्दर्भमा थप्नुभयो, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’
बालकोट पुगेर उहाँले ओलीसँगको संवादमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको बताउनु भएको थियो। उहाँसँगै बालकोट पुग्नुभएका एमाले सांसद नवराज सिलवालले करिश्मा र अध्यक्ष ओलीबीच पार्टी प्रवेशबारे कुरा भएको बताउनु भयो ।
यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध हुनु भएका करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढा जस्तै हुनुहुन्थ्यो ।







प्रतिक्रिया