वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्ने तयारी तिब्र रुपमा लाग्नु भएको छ । विगत केही समयदेखि मधेसका प्रभावशाली नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गर्ने क्रम चलिरहेका बेला वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि एमालेमा प्रवेश गर्ने तयारीमा लाग्नु भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद विमल श्रीवास्तवमार्फत मेयर सरावगीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशको कुरा गर्दै आउनु भएको छ ।
मेयर सरावगी यसअघि नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा हुनुहुन्थ्यो । पर्सा कांग्रेसको हालै सम्पन्न जिल्ला अधिवेशनमा अजय द्विबेदी पक्ष पराजित भएपछि कांग्रेस प्रवेश गर्ने तयारी छोडेर उहाँ नेकपा एमालेमा प्रवेश गर्न छलफलमा जुट्नु भएको हो ।







प्रतिक्रिया