अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५‍० प्रतिशत अनुदान

जुम्लामा दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५‍० प्रतिशत अनुदान


जुम्ला – महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएको हो ।

ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्यांकर उपलब्ध गराइएको उनको भनाइ छ । कार्यालयले ३०लाख  ६० हजार मूल्यको ट्यांकर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

वातावरण अनुकूलित दुवानी साधन, खरिद जडान अनुदन कार्यक्रममार्फत दुध किसानले पाएको उहाँले बताउनुभयो । ‘हामीले प्रस्तावना मागेका थियौ । जसमा ६ जनाले निवेदन दिएका थिए,’ उहाँले भन्नुभयो। सबैभन्दा बढी अंक ल्याएर हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताल छनोट भएको उहाँले बताउनु भयो ।

मनकोइला धितालले भन्नुभयो,  ‘अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्‍याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्यांकर तयारी अवस्थामा छ ।’  धितालका अनुसार अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्यांकरबाट डेरीमा सहजै दूध पुर्‍याउन थालिएको छ । यसअघि सदरमुकाम भित्र र  बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको  थियो । धितालले सञ्चालन गरेको डेरीमा ट्यांकर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख बराबरको दूध बिक्री हुने गर्छ ।