अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट

कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट


ताप्लेजुङ – कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबार बिहान देखि सुरु भएको हो ।

सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको  कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका-६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताउनु भयो । ‘भर्खरै एउटा घर जलेर  नष्ट भएको खबर आएको छ । आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उहाँले भन्नुभयो ।

डढेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ । डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा बिहीबार नै लागेको ढडेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताउनु भयो ।