अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्तराखण्डका मुख्यमन्त्री धामी विधान सभा चुनावमा पराजित

उत्तराखण्डका मुख्यमन्त्री धामी विधान सभा चुनावमा पराजित


देहरादुन – नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी विधानसभा चुनावमा पराजित हुनु भएको छ ।

भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९५१ मतले पराजित गरेका हुन्।

आज सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३२५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६२६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६७५ मत मात्रै प्राप्त गरेका थिए।

विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्यकारी अध्यक्ष हुन्। युवाहरुमा बलियो पकड बनाएका उहाँले उत्तराखण्ड युवा कांग्रेसको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसँग २ हजार ६०९ मतान्तरले पराजित हुनु भएको थियो । त्यसबेला कापडीले २६ हजार ८३० र धामीले २९ हजार ५३९ मत ल्याएका थिए।

एजेन्सी