अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट कर्मचारी संगठनले फागुन २८ र २९ गते राष्ट्रिय अधिवेशन गर्ने

एमालेनिकट कर्मचारी संगठनले फागुन २८ र २९ गते राष्ट्रिय अधिवेशन गर्ने


नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले ११औं राष्ट्रिय अधिवेशन यही २०७८ फागुन २८ गतेदेखि हुने भएको छ।

आज पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने जानकारी दिएको हो ।

संगठनले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ । संगठनका संयोजक केदारप्रसाद देवकोटाका अनुसार ६१९ जना केन्द्रीय प्रतिनिधिहरू निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिहरुको अधिवेशनमा सहभागी हुनेछन् ।