काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संखुवासभाको मादी नगरपालिका वडा नं–६ पुलुङस्थित सात घुम्तीमा आज बस भीरबाट खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । उपराष्ट्रपतिले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको हो ।
उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण समेत गर्नुभयो ।
उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो ।








प्रतिक्रिया