अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानले विराटनगरमा खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने

जापानले विराटनगरमा खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने


काठमाडौं- जापान सरकारले नेपाललाई २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

उक्त अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी नोटमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र जापानको तर्फबाट जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

यो सहयोगले विराटनगरका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास जापानी दूतावासको छ।

सहयोगबाट विराटनगरका एक लाख जनता लाभान्वीत हुने जनाइएको छ ।