अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका दश जिल्लामा पानीको परीक्षण गरिँदै

कर्णालीका दश जिल्लामा पानीको परीक्षण गरिँदै


सुर्खेत – कर्णालीका सबै गाउँमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ ।

१० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित १० जिल्लामा पठाएको छ । विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले बताउनु भयो ।

तालिममा सिकेको सिप अधिकतम रूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एक वटा पानीको शुद्धता मापन मेसिन पनि पठाइएको छ । प्रत्येक मेसिनलाई २ लाख ९० हजारमा खरिद गरी १० वटा जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताउनु भयो ।

कर्णालीका सबै पालिकामा माग भए अनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको मन्त्रालय सचिव डाक्टर जगदीश कमचार्यले बताउनु भयो । फोहर पानी पिउँदा धेरैलाई पानी जन्य रोग देखा परेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु भएको हो ।