अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किशोर नै लागुऔषध ओसारपसारमा

किशोर नै लागुऔषध ओसारपसारमा


काठमाडौँ – १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।