भक्तपुर – भक्तपुरमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काभ्रे नमोबुद्ध नगरपालिका–९ नवलडाँडा घर भई भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
जेनिशाको हत्या चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती गरिएको ठाउँको टहरामा भएको थियो।
हत्या आरोपमा प्रहरीले काभ्रे भकुण्डेवेशी घर भई भक्तपुर थलाछेँ बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रे चौवास घर भई भक्तपुर बस्ने ३८ वर्षीय नवराज रिजाललाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले बुधबार नै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनु भयो । जेनिशाको शव सोमबार राति पौने १० बजे फेला परेको थियो।
पक्राउ परेका आरोपितमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ।
पाण्डेका अनुसार कुमार पनि जेनिशा बस्ने घरमै कोठा लिएर बसेका थिए। यता नवराज भने कुमारका साथी हुन्। पक्राउ परेका दुई जना साथीहरू हुन्।
प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
प्रतिक्रिया