चितवन – भरतपुर महानगरपालिका–९ को वडा कार्यालय नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
केन्द्रिय बसपार्कबाट गौरीगञ्जतर्फ जाँदै गरेको ना ५८ प ६३३४ नम्बरको मोटरसाइकलले आज दिउँसो करिब १ बजे साइकल यात्री सर्लाही पिपरियाका ४५ वर्षिय कलाम शेखलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका शेखको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिनु भयो । मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया