अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ

सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएको छ ।