पोखरा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्याउनु भएको छ । पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।’
उहाँले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताउनु भयो । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,’ उहाँले भन्नुभयो, ‘राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।’
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उहाँले आग्रह गर्नुभयो । ‘रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,’ अध्यक्ष ओली भन्नुहुन्छ, ‘कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।’







प्रतिक्रिया