अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुष्ठ रोगीलाई हेला हैन उपचारको व्यवस्था गरौँ : उपराष्ट्रपति पुन

कुष्ठ रोगीलाई हेला हैन उपचारको व्यवस्था गरौँ : उपराष्ट्रपति पुन


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।

२४ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा शुक्रबार आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल तथा साउथ वेष्टर्न स्टेट कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताउनु भएको हो ।

कुष्ठ रोगी मात्र नभएर कुनै पनि किसिमा बिरामीलाई हेला नगरी उपचारको व्यवस्था गर्नु परिवार र राज्यको दायित्व रहेको बताएका उनले समाजमा देखिएका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले रोगीमाथि गरिने हेला र जातीय विभेद अन्त्य गरेर समाजमा सबैले सम्मानसाथ बस्न पाउने वातावरण बनाउनु सबैको दायित्व र कर्तव्य रहेको बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा. रविन्द्र बास्कोटाले पनि कुष्ठ रोगीलाई हेला नगरी बेलैमा उपचार गराउनु पर्ने बताउनु भयो । कुष्ठ रोगको नेपालमा निःशुल्क उपचार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले पनि कुष्ठ रोग उपचार गरेर सहज जीवनायपनको व्यवस्था गराउनु समाज र राज्यको दायित्व र कर्तव्य भएको बताउनु भयो ।

कुष्ठ रोग निदानका लागि डब्लूएचओ र यसका सदस्य राष्ट्रले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उहाँले रोगीलाई बेलैमा स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्नेमा जोड दिनुभयो ।