अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी महाधिवेशनः नयाँ नेतृत्व चयन गर्दै आज सकिँदै

प्रेस चौतारी महाधिवेशनः नयाँ नेतृत्व चयन गर्दै आज सकिँदै


काठमाडौं– प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिने भएको छ ।

पोखरास्थित सभा गृहमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको थियो ।

महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनले आज १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

महाधिवेशनको बन्द सत्रको पहिलो दिन शुक्रबार सांगठनिक, आर्थिक तथा विधान संशोधन प्रस्ताव पारित भएको छ ।

चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र एक विशेष प्रदेशसहित सात प्रदेशबाट एक–एक जना गरी ८ सचिव हुनेछन् ।

प्रेस चौतारी अध्यक्ष मण्डलका अध्यक्ष एवं प्रचार विभागमा उपप्रमुख विष्णु रिजालले सर्वसम्मत नेतृत्व गर्दै महाधिवेशन समयमै समापन हुने जानकारी दिनुभयो ।

काठमाडौंमा भएको आठौं राष्ट्रिय सम्मेलन भएको ७ वर्षपछि चौतारीले महाधिवेशन आयोजना गरेको हो ।