पोखरा– गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
प्रेस चौतारी नेपालको पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनका अवसरमा उपाध्यक्ष श्रेष्ठलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्मान गर्नुभएको हो ।
बेल्जियम निवासी श्रेष्ठले विदेशमा सिकेको सिप र प्रविधिलाई स्वदेशमा भित्र्याउँदै रोजगारी सिर्जनामा योगदान दिनुभएको भन्दै सम्मान गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा अध्यक्ष ओलीले उपाध्यक्ष श्रेष्ठलाई समाजसेवा र व्यवसायिक जीवनमा थप सफलता प्राप्त गर्न शुभकामना पनि दिनुभएको छ ।
उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपालमा यूरोपियन स्तरको औषधि उद्योगका साथै सेवा र उद्योग क्षेत्रमा लगानी भएको छ ।







प्रतिक्रिया