अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार

काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार


धनुषा– नेपाली काँग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उहाँ  निर्वाचित हुनुभएको हो ।

शुक्रवार राति आएको मत परिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित हुनुभएको छ । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गर्नुभएको थियो भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रवार मतदान भएको थियो ।