मोरङ – मोरङको केराबारीबाट ६५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्। को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका–७ मुगुटोलबाट पक्राउ गरेको थियो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारूङले बताउनु भयो ।
प्रतिक्रिया