अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छोरीलाई सम्पती दिने परिवारलाई हिमागाउँपालिको सम्मान

छोरीलाई सम्पती दिने परिवारलाई हिमागाउँपालिको सम्मान


जुम्ला –  हिमागाउँपालिकाले  छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत छोरीलाई पनि छोरा सम्मान सम्पती दिएका घरपरिवारलाई सम्मान गरेको हो।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गनृका लागि छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।

उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नुपर्छ । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो  उपाध्यक्ष रोकायाले बताउनु भयो । छोरी जन्मिदै विभेदका शिकार बनेका छन् । छोरीमाथि गरिने यस्ता खलका विभेदको अन्त्ये गर्नका लागि नारी दिवसको अवसरमा छोरीलाई सम्पती दिने र छुईहुँदा गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो ।  रोकायाले भन्नुभयो सम्मान पाउनेमा जिरु रोकाया,  खम्मा शाही,  देबुसुनार, मुगा शाही  डुगल शाही,  आनन्द शाही रहेका छन । यस्ता उदारणिय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै हिमागाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले भन्नुभयो हाम्रो समाजमा  छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने गरेको तितो यर्थात छ । उहाँले भन्नुभयो, ‘यो विभेदकारी संस्कारले पुरुषलाई हौसला दिए पनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन, पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई  मानसिक यातना दिएको छ ।

छोरीले अंश पाउने कानुन कार्यन्वयन छैन 

 उपाध्यक्ष रोकायाले भन्नुभयो, ‘छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भए पनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न, अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकांश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेका छन् ।

छोरा हुँदा हुँदै पनि छोरिलाई सम्पति  दिने अभिभाकलाई सामाजिक हिसाब  छोराछोरी बरावर हो भन्ने चेतना फैलाउना र  पैत्रिक सम्पतिमा छोरीको अधिकार स्थापित गराउनकै लागि छोरीलाई सम्पती दिनेलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो ।  हाम्रो समाजमा रहेको अलिखित कानुन जसले गर्दा  छोरी  घरपरिवारबाटै हिंसित बनेका छन ।

अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा जुम्लाका धेरै महिलाको प्रजनन स्वाथ्य समस्या देखिएको जनस्वाथ्य सेवा कार्यालयका प्रमुख कृष्णा सावकोछाले बताउनु भयो । उहाँले भन्नुभयो छोराका कारण एक दर्जन छोरीको जन्माउने गरेको पाइन्छ । जसले गर्दा आर्थिक र शारीरिक अवस्था कमजोर  हुन्छ । महिला बिरमी पर्छन र अकाल्मै मुत्यु हुने गरेको छ ।

गाउँमा अझै पनि छोरीमाथी गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन् । विभेदकै कारण यहाँका छोरीहरुले सुविधा, अबसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ । ‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाईले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।

त्यस्तै यस्ता कुरिति हटाउन हिमागाउपालिकाले जनचेतनामुलक अभियान मार्फत छोरीलाई प्रोत्साहन गर्नकै लागी यो कार्यक्रम ल्याएकोमा स्थानीय जिरु रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन गर्न आबश्यक छ।’

छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ ।

तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन भन्ने कटुयथार्थ हो । जन्मदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभुती भएको छैन् । विभेद विरुद्ध भएका कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नु पर्ने जरुरी  देखिन्छ  ।