काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकासका लागि पुँजीको उपलब्धता अनिवार्य भएको भन्दै बिना उत्पादन पुँजी निर्माण असम्भव रहेको बताउनुभएको छ ।
मदन भण्डारी मेमोरियल कलेजको वार्षिक साधारण सभाको आज उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले पुँजीको उपलब्धताको विषयमा नागरिकहरूलाई भ्रम छर्न खोजे एमसीसीमा देश विभाजित भएजस्तै हुने बताउनुभयो ।
महासचिव पोखरेल भन्नुहुन्छ, ‘हामी कसैलाई राम राज्य चाहिएको छ, कसैलाई समाजवाद चाहिएको छ । त्यो राम राज्य र समाजवादका लागि चाहिने चिज भनेको सम्पन्नता नै हो ।’ उहाँले भन्नुभयो, ‘सम्पन्नता उत्पादनको जगमा खडा हुन्छ। बिना उत्पादन सम्पन्नता सम्भव छैन ।’
उत्पादनको जग भनेको पुँजीको उपलब्धता भएको भन्दै उहाँले यस बारेमा सही शिक्षा दिन नसके एमसीसीमा ट्रान्समिसनबाट सेना आउँछ भनेर नागरिकहरूलाई भड्काइको जस्तै हुने बताउनुभयो ।







प्रतिक्रिया