अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयात बढाउन चिनियाँ पक्ष सहमत

आयात बढाउन चिनियाँ पक्ष सहमत


रसुवा – रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गर्नुभएको प्रयास फलदायी भएको छ ।

नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयो ।

चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ ।

कोरोना सङ्क्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि  चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टनरबाट आयात सुरू गरेको थियो ।

अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित  रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन् । पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, छ हुँदै नौवटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो ।