अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनका प्रधानमन्त्रीले मार्चमा राजीनामा दिँदै

चीनका प्रधानमन्त्रीले मार्चमा राजीनामा दिँदै


बेइजिङ – चीनका प्रधानमन्त्री ली खछ्याङले आगामी मार्चमा आफ्नो कार्यकाल सकिएपछि पदबाट राजीनामा दिने बताउनु भएको छ ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको वरिष्ठताको रोलक्रममा दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन् । ‘म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो,’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी जिनपिङ पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।

सन् २०१५ चीनले राष्ट्रपति पद धारण गर्नेका लागि दुई कार्यकालको सीमा घटाउन आफ्नो संविधान संशोधन गरेको थियो । पार्टी नेताहरुले आगामी प्रधानमन्त्री छनौट गर्न सक्छन् ।

– एजेन्सी