काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी सरकारले जनताको काम गर्न नसकेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिवार काठमाडौँमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ‘मुद्दा लडेर र सर्वोच्च अदालतले टिको लगाइदिएर सरकार बनेको छ । अनि के काम गरुन्।’
अध्यक्ष ओलीले अब नयाँ निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसकारण हामी जनता माझमा जानुपर्छ।’ उहाँले संसद् विघटनको औचित्य पुष्टि हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय संसद्ले कामै गर्न सकेन । सांसदहरूले भत्ता खानेबाहेक केही काम गरेनन्। मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के के काम गर्थ्यो विचरा !’ ओलीको प्रश्न थियो ।
उहाँले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जान अनिवार्य भएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘चुनावदेखि डराएका छन्, तर यो सरकार परमादेशबाट बनेको हो । त्यसैले जनप्रतिनिधि ल्याउनैपर्छ ।’






प्रतिक्रिया