अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई तिहाइको सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाए :  कांग्रेस नेता सिंह

दुई तिहाइको सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाए :  कांग्रेस नेता सिंह


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताउनु भएको छ ।

राजनीतिक पार्टीहरूले सबै विकासका गतिविधिलाई ‘ओभर पोलिटिसाइज’ नगरी प्रजातान्त्रिक विधिसम्वत  तरीकाले कार्य गर्नुपर्ने बताउनु भएको छ ।

काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा शनिवार सम्बोधन गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभई शिक्षा, उद्योग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनु पर्ने उहाँले बताउनु भयो । उहाँले अबको दिन भनेको आइटी र फाइनान्सको रहेको बताउँदै शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने  बताउनु भयो ।

एक फरक प्रसंगमा उनले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन नसकेको बताउनु भयो । संविधान जारी भएपछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःख झेल्न बाध्य भएको उहाँले बताउनु भयो ।