अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा एमालेमा प्रवेश

आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा एमालेमा प्रवेश


​​​​​​​बारा – बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी आज जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बाराको जयनगर चिउँटाहामा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको हो ।

मुस्तफालाई एमाले अध्यक्ष  केपी शर्मा ओलीले  आफैं बारा पुगेर पार्टी प्रवेश गराउनु भएको हो ।  अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साह, ज्वालाकुमारी साह लगायतका नेताहरु पार्टी प्रवेश कार्याक्रमका लागि बारा पुग्नुभएको थियो ।

मुस्तफालेले  मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै विकासका लागि मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको बताउनुभयो ।  अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको भन्दै उहाँले धेरै कार्याकर्ताहरु एमालेमा आउने बताउनुभयो ।

पार्टी प्रवेशमा कलैया नगरपालिकाका वडाध्यक्षहरु समेत समेटिनुभएको  जिल्ला अध्यक्ष विनोद साहले बताउनुभयो । पछिल्लो समय मधेशका विभिन्न जिल्लाबाट प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु  एमाले प्रवेश गर्नेक्रम तिव्र बनिरहेको छ ।

आजै मात्र वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको थियो । पर्सामा मात्रै यसबीचमा दुई स्थानीय तहका प्रमुखसहित धेरै प्रभावशाली नेता एमाले प्रवेश गरिसक्नुभएको छ ।