अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीमा आगलागीबाट ७ जनाको मृत्यु

दिल्लीमा आगलागीबाट ७ जनाको मृत्यु


नयाँ दिल्लीमा – नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ। प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात् आगो लागेको थियो।

सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन्। एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए। के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ।

त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ।