अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दोस्रो चरणको मतदान हुने, लामा बाहिरिए

बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दोस्रो चरणको मतदान हुने, लामा बाहिरिए


सिन्धुपाल्चोक – नेपाली कांगेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ ।

शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७०५ (३८.५८ प्रतिशत), वंशलाल तामाङले ६२९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४९३ (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् ।

कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ ।