काठमाडौं– सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग गठबन्धन हुने/नहुने टुंगो नलागेको बताउनुभएको छ ।
विराटनगरमा आइतबार बिहान भएको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले कांग्रेससँग गठबन्धनको टुंगो नलागे पनि मुद्दा मिल्नेसँग गठबन्धन हुने बताउनुभयो । तर, एमालेसँग भने गठबन्धन हुने दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले पार्टीमा पदाधिकारी नियुक्तिमा केही ढिलाइ भए पनि अब छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।







प्रतिक्रिया