अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी


काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।