अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा सरकार मौन बस्यो : भीम रावल

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा सरकार मौन बस्यो : भीम रावल


काठमाडौं – एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा वर्तमान सरकार मौन बसेको भन्दै आपत्ति जनाउनु भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उहाँले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाउनु भयो । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उहाँले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो ।