न्युयोर्क – आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ ।
भ्यालेरिया माक्सेत्स्का नाम गरेका ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् । उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत हुनुहुन्थ्यो ।
भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाउनु भएको थियो । तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गर्नु भएको थियो।
एउटा ट्यांकले भ्यालेरिया र उहाँकी आमा चढेको गाडिमा गोली चलाएको थियो । पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा परेका थिए ।
२० करोड डलर मूल्यका हतियार सहयोग
यसैबीच रुसी हमलाबाट जोगाउन अमेरिकाले २० करोड डलर मूल्य बराबरको साना हतियार, एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट हतियार सहोग गर्ने भएको छ ।
युक्रेनी अधिकारीहरूले रुसी सेनाको भारी गोलाबारीबाट बचाउन थप उपकरणहरू माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई थप सुरक्षा सहयोगको अधिकार दिएको ह्वाइट हाउसले जनाएको थियो।
यस कदमले युक्रेनमा नयाँ सैन्य उपकरणको ‘तत्काल’ ढुवानी सुरु गर्ने एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन् ।
– एजेन्सी







प्रतिक्रिया