अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘हाम्रै हो लिपुलेक’ गीतका गायक धामीलाई अवार्ड

‘हाम्रै हो लिपुलेक’ गीतका गायक धामीलाई अवार्ड


बैतडी – ‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनलाई सम्मानित गरिएको हो ।

उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज छ भने विनोद बाजुरालीको म्युजिक एरेन्ज  छ । म‌ंसिर २०७७ मा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ ।

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगीमध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा विजेता छनौट गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड विजेता धामीलाई अवार्ड प्रदान गरिएको हो ।