काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहँदा गठबन्धन सरकार मौन बसेको भन्दै आपत्ति जनाउनु भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै सुवालले आफ्नो भूमि मिचिरँदा पनि सरकार नबोलेको गुनासो गर्नुभयो ।
‘दार्चुलामा महाकालीको बहाव भारतले नेपाल तर्फ फर्काउँदैछ। तर गठबन्धन सरकार किन मौन बसिरहेको छ । यस्तो बेला सरकार किन बोल्दैनन्, उहाँल प्रश्न गर्नुभयो, ‘भारतले नेपालको भूमि गाभेर नक्सा बनाएपछि नेपालले पनि त्यो नक्सालाई च्यातेर नयाँ नक्सा तयार गर्यो।’
सुवाल भन्नुहुन्छ, ‘कालापानीमा भारतीय सेना यथावत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । ‘नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दैछ । दार्चुलामा महाकाली नदी पाँच मिटर अतिक्रमण गरेर भारतले नौ मिटर उचाइको पाँच किलोमिटर लामो तटबन्ध बनाउँदै छ।’
उहाँले स्थानीय प्रशासन, गृह प्रशासन, परराष्ट्र मन्त्रालय के गर्दै छन्, अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले नेपालको सिमानामा गरिरहेको थिचोमिचो र अतिक्रमण तत्काल रोक्न जरुरी बताउनुभयो ।







प्रतिक्रिया