काठमाडौं – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताउनु भएको छ ।
नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले स्थानीय सरकार भन्न आग्रह गर्नु भएको हो ।
‘हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउँछौ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं। सरकार भन्नेलाई आत्मसाथ गर्न नसकेको हो की,’ पौडेलले भन्नुभयो ।
स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसको उहाँले बताउनु भयो । स्थानीय सरकार बलियो नहुन्जेल संघीयताको जग बलियो नहुने समेत उहाँले बताउनुभयो ।
उहाँले काठमाडौं उपत्यकालाई कुनै प्रदेश अन्तर्गत नराख्न कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभयो ।







प्रतिक्रिया