अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनु भएको छ ।

नेपाल नगरपालिका संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत बताउनुभयो ।

‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’

संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उहाँले जनाउनु भयो । जनतालाई सुशासनको प्रत्याभूती गराउन उहाँले सबै नगरपालिकालाई आग्रह गर्नु भएको थियो ।

‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ । वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।