काठमाडौं – नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई २०७८ चैत २० गते हुने भएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् ।
माधव नेपालसहितका सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिनु भएको थियो ।
नेता माधवकुमार नेपालसहितका नेताहरुले नेकपा एकीकृत समाजवादी गठन नगर्दै नेकपा एमालेले १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो । पार्टीबाट निष्कासन गरेको जानकारी संघीय संसद सचिवालयमा पठाउँदा सभामुखले सूचना टाँस नगरेर उनीहरुको सांसद पद कायम गरिदिएको भन्दै नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ ।
हेर्नुहोस् आदेश







प्रतिक्रिया