अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल हुँदैन : मन्त्री साह

संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल हुँदैन : मन्त्री साह


सप्तरी – आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल नहुने बताउनु भएको छ ।

सप्तरीमा आज आयोजित सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सुझाव संकलन कार्यशालामा बोल्ने क्रममा उहाँले संघीयतालाई बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो ।

राम्रो गर्नेलाई नीति बनाएर प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई कडाइका साथ निगरानी गर्ने मन्त्री साहको भनाइ छ। साथै, पछाडि परेका जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको उहाँले बताउनु भयो । पत्रकारितामा भएका विकृतिलाई पनि न्युनिकरण गर्न सरकारले निगरानी गरिरहेको उहाँले बताउनु भयो ।

आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रूबी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण रहेको बताउनु भयो । जात, धर्मबाट जबसम्म पत्रकारमाथि उठ्दैन तबसम्म समस्या समाधान नहुने उहाँकोले बताउनु भयो । उहाँले भन्नुभयो, ‘झमधेश प्रदेशको पत्रकारको हकहितका लागि बजेट खर्चिन प्रतिबद्ध छौ ।’

कार्यक्रममा मास मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूका लागि एक लाख बराबरको स्वास्थ्य बिमा, दुर्घटनामा परे सात लाख सम्मको बिमा गर्ने गरी काम भइरहेको बताउनु भयो ।  

कार्यक्रममा मधेस प्रदेश पत्रकार संघका अध्यक्ष राजेश कर्णले प्रदेश सरकारको ९० प्रतिशत विज्ञापन संघीय मिडियामा आउँने हुँदा स्वरोजगार र श्रमजीवी पत्रकार पीडित बनेको बताउनु भयो ।