उदयपुर – सप्तकोशीमा बाँसको चेफा मार्फत् ल्याउँदै गरेको ४०० किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तकोशीमा बाँसको चेफा माथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागुऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ ।
उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसार पसार हुने गरेको छ । आइतवार बिहान २ बजेति सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेभारीसे अबस्थामा गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीले जानकारी दिनुभयो ।
गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भइरहेको शसस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरी निरिक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाइने बताउनु भयो । गाँजा ओसार पसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभए पनि खोजी राखि रहेको गणपति अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया