अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला


काठमाडौं – सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ।

दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति  बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ।