अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै


काठमाडौं- साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन् । नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा काठमाडाैं आउन लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।