अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी


सिन्धुपाल्चोक- नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी हुनुभएको छ । दाेस्राे चरणकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गर्नुभएको हो ।

कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएकाे निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिनुभयो ।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएकाे थियाे । प्रेमध्वज लामा पहिलाे चरणबाट बाहिरिनुभएको थियो ।

पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गर्नुभएको थियो ।