अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पाका माओवादी पूर्वकेन्द्रीय सदस्य एमालेमा

रोल्पाका माओवादी पूर्वकेन्द्रीय सदस्य एमालेमा


रोल्पा– माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य ज्ञानु पुन, प्रभावशाली नेता होम बहादुर घर्तीसहित करिब ६३ जनाले आज नेकपा (एमाले) प्रवेश गर्नुभएको छ।

एमाले रुन्टीगढी गाउँपालिकाद्वारा डाफ्लामा आयोजित पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानका क्रममा उहाँहरूले माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीलाई केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह-इन्चार्ज कुमार दसौदी, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह(इन्चार्ज ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढालगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।